कर्मचारीको तलब नबढ्ने



काठमाडौं । सरकारी कर्मचारीको तलब नबढ्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसदमा प्रस्तुत गर्ने बजेटले कर्मचारीको तलब नबढाउने भएको हो ।

निजामति सेवा ऐनमा प्रत्येक ३ वर्षमा कर्मचारीको सेवा सुविधा पुनरावलोकन गरिने उल्लेख भए अनुसार कर्मचारीका संगठनहरुले लबिइङ गरिरहेका थिए । तर, स्रोतको अभावका कारण यो वर्ष कर्मचारीको तलब बढाउन नसकिने निष्कर्षमा सरकार पुगेको हो ।

‘यो वर्ष तलब बनाउनु पर्ने भए पनि स्रोत अभावले हामीले तलब बढाउने प्रस्ताव गरेका छैनौं,’ अर्थमन्त्रालय स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘भत्तालाई तलबमा समायोजन गर्न सकिन्छ कि भनेर छलफल भएको थियो । अन्तिम समयमा यो चाहीँ पर्नसक्छ ।’


क्लिकमान्डु