काठमाडौंको कपनमा लक्ष्मी सनराइज बैंकको सेवा विस्तार



काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

बुढानीलकण्ठ नगरपालिका-१०, कपनमा रहेका २ शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरुले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिनसक्ने पनि बैंकले बताएको छ ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना दुई वटा शाखा गाभेर साविक सनराइज बैंकको शाखा रहेको स्थान औरही चोक, बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ । हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैँकिङ एजेन्ट रहेका छन् ।


क्लिकमान्डु