बीमा भुक्तानी नगर्ने कम्पनीमाथि छानबिन गर्नुपर्ने, कोराेना बीमाको पैसा दिनुपर्ने



काठमाडौं । बीमा गरेर भुक्तानी नगर्ने कम्पनीमाथि छानबिन गर्नुपर्ने निष्कर्ष महालेखा परीक्षकको कार्यालयले गरेको छ । कोराेना बीमाको पैसा दिनुपर्ने निष्कर्ष पनि महालेखाको छ ।

कोरोना बीमा मापदण्ड, २०७७ को अनुसूची ७ मा बीमाको दायित्व भुक्तानी गर्ने जिम्मेवारी १ अर्बसम्मको सम्बन्धित बीमा कम्पनी, १ देखि २ अर्बसम्मको पुनर्बीमा कम्पनी,२ अबै ५० करोडसम्मको महाविपत्ति पुल, ३ अर्बसम्म बीमा समिति र सोभन्दा माथि नेपाल सरकारको हुने उल्लेख भएको छ ।

उक्त मापदण्डअनुसार गत वर्ष सरकारको तर्फबाट दायित्व वहन गर्ने गरी बीमा समितिलाई १ अर्ब रुपैयाँसमेत भुक्तानी दिएको र बीमा समितिले प्रिमियम बुझाई बीमा दाबी भुक्तानी नहुनेको अवस्था छानबिन गरी बीमा कम्पनीबाट रकम भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव महालेखा परीक्षकले सरकारलाई दिएको छ ।


क्लिकमान्डु