सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब पुग्यो, यस्तो छ महालेखा परीक्षकको प्रतिवेदन



काठमाडौं । सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार गत आर्थिक वर्षको असारमसान्तसम्म संघ प्रदेश र स्थानीय तहसहित सबै सार्वजनिक संस्थानको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो ।

त्यसमध्ये नियमित गर्नु पर्ने बेरुजु ६८ प्रतिशत, असुल गर्नु पर्ने बेरुजु २४ प्रतिशत र पेश्कि ६ प्रतिशत रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

गतवर्षको मात्र बेरुजु ९५ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । कुल ७८ खर्ब ८१ अर्बको लेखापरीक्षण गर्दा बेरुजु १.२ प्रतिशत देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेललाई ६१ औं प्रतिवेदन बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा महालेखा परिक्षक तोयम रायाले यस पटक सुझाव समेट्दै प्रतिवेदन बुझाएको जानकारी दिए ।

महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिसमक्ष ६१औँ वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।


क्लिकमान्डु