सहकारीसम्बन्धी कार्यदलको बैठक, जुट्ला सहमति ?



काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक शनिबार पनि बस्दैछ।

शुक्रबार बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि शनिबार फेरि बैठक बस्न लागेको हो। बैठक दिउँसो तीन बजे कानुन मन्त्रालयमा बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलन भएको भन्दै कांग्रेस संसदीय समितिको छानबिन गरेको हो। कानुन मन्त्रालयमा शुक्रबार बिहान बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले नयाँ प्रस्ताव अघि सारेको थियो।

लामिछानेको नाम कार्यादेशमा किटान नगर्ने तर उनी जोडिएका सहकारीको नाम उल्लेख गर्नुपर्ने प्रस्ताव कांग्रेसले राखेको थियो। कांग्रेसको उक्त प्रस्तावमा आ(आफ्नो दलमा छलफल गर्नका लागि सत्तापक्षले समय मागेको थियो।

कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की र रास्वपाबाट सांसद शिशिर खनाल सदस्य छन्।


क्लिकमान्डु