एक घण्टा लगाएर रनवेको प्वाल टालेपछि विमानस्थल सुचारु, होल्डका जहाज अवतरण



काठमाडौं । धावनमार्ग (रनवे)मा परेको प्वाल टालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । एक घण्टा लगाएर रनवेमा परेको सानो प्वाललाई टेलेपछि अहिले सबै उडान अनवतरण सामान्य भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

उनका अनुसार आन्तरिक उडान जहाज पुगेका थिए त्यहीको विमानस्थलमा पर्खेर बसे भने काठमाडौंबाट हुने उडानमा पनि एक घण्टा सबैको ढिलो हुन पुगेको छ । धावनमार्गमा परेको प्वाल टालुन्जेल आकासमै होल्ड गरिरहेको अन्तर्राष्ट्रिय उडानका जहाजहरु पनि अवतरण गर्न थालेको झाले बताए ।


क्लिकमान्डु