युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने



काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

जेठ ९ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले १००ः१५ अनुपातमा अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो ।

यो प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी साधारण सभामा पेश हुनेछ ।

हकप्रद सेयर निष्कासन पछि कम्पनीको पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । अहिले २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।


क्लिकमान्डु