नेपाल रिको नाफा बढ्यो, प्रतिसेयर आम्दानी २ रुपैयाँ ६४ पैसा



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्म ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १०‍.५२ प्रतिशत घटेर ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

लगानी तथा कर्जाबाट हुने आम्दानी ९.८० प्रतिशतले घटेर ८७ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा कम्पनीको खर्च पनि घटेको छ । जसले नाफा बढाउन सहयोग गरेको छ ।
१२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले
३ अर्ब ४१ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८४ करोड ८९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले ३ अर्ब ३ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०.५२ प्रतिशतले कम हो ।

कम्पनीको महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७५ पैसा रहेको छ ।


क्लिकमान्डु