नेपाल रिले ७ महिनापछि सार्वजनिक गर्‍यो पहिलो त्रैमासको रिपोर्ट, कम्पनी ४७ करोड घाटामा



काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) ले ७ महिना बितेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीले आव २०८०/८१ को पहिलो त्रैमासमा ४७ करोड ५६ लाख रुपैयाँ खुद घाटा बेहोरेको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ प्रिमियम आम्दानी गरेको छ यस्तै १ अर्ब ५७ करोड ४ लाख रुपैयाँ प्रिमियम तिरेको छ ।

कम्पनी घाटामा जाँदा प्रतिसेयर आम्दानी ३.७१ रुपैयाँले ऋणात्मक छ । यस्तै प्रतिसेयर नेटवर्थ भने १३९.१४ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु