इरानी राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा निधन



एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिर अब्दोल्लाहिआनको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

सोमबार देशको पहाडी क्षेत्र पूर्वी अजरबैजानको सीमा क्षेत्रस्थित हेलिकप्टर दुर्घटना हुँदा दुई उच्च पदस्थ अधिकारीहरुको मृत्यु भएको इरानी मिडियाले पुष्टि गरेका छन् ।

इरानी मिडिया प्रेस टिभी, तास्नी र मेहर न्युज लगायत स्थानीय मिडियाले हेलिकप्टरमा रहेका सबैकृ मृत्यु भएको पुष्टि गरेका छन् । रोयटर्स लगायत अन्तर्राष्ट्रिय मिडियाले पनि इरानी राष्ट्रपतिको मृत्य् भएको उल्लेख गरेका छन् । हेलिकप्टरमा यात्रा गरिरहेका ९ जना सबैको मृत्यु भएको बताइएको छ ।

इरान र अजरबैजानको सीमा क्षेत्रबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटना भएको बताइएको छ । यस क्रममा बाक्लो कुहिरोका कारण मौसममा खराबी देखिएको सरकारी अधिकारीहरुले बताएका छन् ।


क्लिकमान्डु