‘गोर्खा मिडियाले सहकारीबाट ऋण लिने कुनै निर्णय गरेको छैन, प्रमाण चाहिए माइन्युट लिएर आउँछु’
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कले सहकारीबाट ऋण लिने भन्ने कुनै पनि निर्णय नगरेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो दाबी गरेका छन् ।
‘गोर्खा मिडिया नेटवर्कले सहकारीबाट ऋण लिने कुनै निर्णय गरेको छैन’ उनले भने ‘गोर्खा मिडिया नेटवर्कको नाममा सहकारीको पैसा ल्याएर अपचलन गर्यो भनेका छन् । त्यस्तो कुनै पनि निर्णय भएका छैन । कसैलाई उक्त निर्णय हेर्न मन छ भने निर्णय जसलाई जहाँ चाहिएको छ, जहाँ जति बेला लिएर आउने छु ।’
उनले बैठकमा आफु कुनै पनि सहकारीको अध्यक्ष, सञ्चालक, लेखा समितिको सदस्य कर्मचारी नभएको दाबी गरेका छन् ।
लामिछानेले आफ्नो नाममा नक्कली ऋण खाता बनाएर ऋण गएको र आफुले कतै हस्ताक्षर नगरेको दाबी गरेका छन् ।
उनले पोखराको सूर्यदर्शन सहकारीका अध्ययन गरेका सहजकर्ता दिपक प्रकाश आचार्य नेपाली काँग्रेस निकट व्यक्ति भएको दाबी गरे । आचार्य जिल्ला सहकारी संघ कास्कीको सदस्य भएको दाबी गरे ।