रविको नाम नराखी सहकारीको अनुसन्धान गर्न कार्यदल सहमत, कांग्रेस आन्तरिक छलफलमा



काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि गठन हुने तय भएको संसदीय समितिको कार्यादेश तयार भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा शनिबार गठन भएको ४ सदस्यीय कार्यदल गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको हो ।

कार्यदल बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक पुगिएको तर अन्तिम निष्कर्षमा नपुगिएको जानकारी दिए ।।

आइतबार बिहानबाट बसेको बैठक सहमति नजिक पुगे पनि कांग्रेसले केही समय मागेकाले संसदतिर जाने गरी उठिएको उनले बताए ।

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर उनी मुछिएका सहकारीको नाम राख्ने गरी सहमति भएको छ । तर कांग्रेस नेताहरु आन्तरिक छलफलका लागि बाहिरिएका छन् । कांग्रे नेताहरु आन्तरिक छलफलबाट फर्किएपछि अन्तिम सहमति हुने जनाइएको छ ।


क्लिकमान्डु