वारेन बफेटले गोप्य राखेको अर्बौंको लगानी खुलासा



एजेन्सी । अमेरिकी अर्बपति वारेन बफेटले एक बिमा कम्पनीमा एक वर्षदेखि गोप्य रुपमा लगानी गरिराखेको सम्पत्तिको खुलासा भएको छ । बफेटको वर्कसायर ह्याथवेले बिमा कम्पनी ‘चुब’मा उनको अधिकांश लगानी रहेको खबर सार्वजनिक गरेको हो ।

बर्कसायरका अनुसार चुब कम्पनीमा बफेटको झण्डै २६ मिलियन अमेरिकी डलर लगानी रहेको खुलासा गरेको हो । अर्थात् उनको लगानी ६.७ अर्ब अमेरिकी डलर बराबरको मूल्य भएको पनि बताइएको छ ।

चुब एक बिमा कम्पनी हो । यसले ५४ देशमा काम गर्दैआएको छ । गत मार्चमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि जिन क्यारोलले दायर गरेको मानहानी मुद्दाको क्रममा ९२ मिलियन डलरको ‘अपिल बन्ड’ खोलेपछि उक्त कम्पनीबारे समाचार आएको थियो ।

बर्कसायरका सीईओ तथा विश्वप्रसिद्ध अर्बपति वारेन बफेट लगानीमा आफ्नो पराक्रम देखाउने धनाढ्यको रुपमा चिनिन्छ । र चुबमा बर्कसायर ह्याथवेको सेयर हुनसक्ने बताइन्छ । चुबमा बफेटको लगानीबारे समाचार आएपछिको एक घण्टामै बुधबार पनि उक्त कम्पनीको सेयर ८ प्रतिशतले उकालो लागेको बताइएको छ ।

त्यसो त, बिमा क्षेत्रमा बफेटको लगानी स्वभाविक नै मानिन्छ । जवकि गिसो, नेसनल इन्डेम्निटी र जेनरल रि सबै बर्कसायर ह्याथवेका सहायक कम्पनी हुन् । बर्कसायर स्वयं बिमा कम्पनी हो । गत फेब्रुअरीमा बर्कसायरले यस वर्षको पहिलो तीन महिनामा एप्पलको १० मिलियनको सेयर बेचेको खुलासा गरेको थियो । यद्यपि एप्पलमा बर्कसायरको सबैभन्दा ठूलो लगानी छ ।

९४ वर्षीय अमेरिकी उद्यमी वारेन बफेट पछिल्लो पटा फोर्ब्सको अर्बपतिहरुको सूचीमा ९औं धनीको रुपमा सूचीकृत छन् । जसको सम्पत्ति १३९ बिलियन अमेरिकी डलर रहेको छ ।


क्लिकमान्डु