प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीको २५ लाख ८४ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

उक्त सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । संस्थापक सेयरधनीले आगामी ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

३५ दिनसम्म विद्यमान संस्थापक सेयरधनीले माग अनुसार आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु