एसियन लाइफ इन्स्योरन्सको नाफा २५४‍.९२ प्रतिशतले बढ्यो



काठमाडौंं । एसियन लाइफ इन्स्योरेन्लेसको २५४‍.९२ प्रतिशतले बढेर ६९ करोड ११ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १९ करोड ४७ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको हो । यस कम्पनीको खुद बिमा शुल्क आम्दानी ५ अर्ब ८ करोड १२ लाख ६६ हजार रुपैयाँबाट बढेर ५ अर्ब ६१ करोड ४७ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १९ पैसा छ ।


क्लिकमान्डु