१७ अर्ब आम्दानी गर्दा नेसनलको खुद मुनाफा ३९ करोडमात्र, गत वर्षभन्दा ३०% बढी



काठमाडौं । नेसनल लाइफले चालु आर्थिक वर्षको ९ महिनामा ३८ करोड ८३ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले गत आवको भन्दा ३०.३ प्रतिशत बढी नाफा गरेको हो ।

नाफा बढ्दा कम्पनीको प्रतिसेयर आम्दानी १०.३३ रुपैयाँ पुगेको छ । त्रैमासको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५ सय ६७ रुपैयाँका आधारमा कम्पनीको पीई रेसियो ५४.८९ कायम भएको छ ।

गत आवको ९ महिनामा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २ पैसा थियो ।

९ महिनामा नेसनल इन्स्योरेन्सले साढे १७ अर्ब रुपैयाँ आम्दानी गरेको छ । जसमध्ये प्रिमियमबाट मात्रै कम्पनीले १२ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीको खर्च १६ अर्ब ४७ करोड छ । आम्दानी र खर्चको अन्तरबाट कम्पनीले आयकरवापत ६४ करोड ५ लाख रुपैयाँ तिरेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु