शिखर इन्स्योरेन्सको नाफा ३९ करोड २ लाख
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा शिखर इन्स्योरेन्सको नाफा ३९ करोड २ लाख ७३ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २६.२३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ३० करोड ९१ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
नौ महिनाको अवधिमा कम्पनीको बिमा शुल्क आर्जन १६.०६ प्रतिशते बढेर १ अर्ब ८ करोड १६ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९३ करोड १९ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीले कमिशनबाट पाउने आय भने ११.६६ प्रतिशतले घटेर ४२ करोड ८९ लाख ५८ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४९ पैसा छ ।