वर्किङ क्यापिटल गाइडलाइन गलत समयमा आउँदा त्यसको असर बजारमा देखियो: अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिले अर्थतन्त्र चलायमान नभएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको प्रि-बजेट राउन्टेबल कार्यक्रममा अग्रवालले वर्किङ क्यापिटल गाइडलाइन गलत समयमा आउँदा त्यसको असर बजारमा देखिएको बताए । स्रोत सुनिश्चित नहुने गरि बजेट ल्याउँदा त्यसको असर भविष्यमा निजी क्षेत्रमा पर्ने अग्रवालले बताए ।

नेपालमा उत्पादन हुने बस्तुमा विभिन्न मापदण्ड रहेको र आयात हुने बस्तुमा त्यसो हुन नसकेका कारण समस्या भएकाले त्यसमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

सरकारले बहुदरमा कर लगाउने हो भने १९ अर्ब राजस्व बढ्ने उनको भनाइ छ ।


क्लिकमान्डु