मनाङमा ४.८ मेगावाटको स्याल्क्यु खोला हाइड्रो निर्माण हुने, ४ वर्षपछि व्यवसायिक उत्पादन



काठमाडौं । मनाङमा ४.८ मेगावाटको स्याल्क्यु खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

एलाईन्स इनर्जी सोलुसन्स प्रालिले मनाङको चामे र नासोँ गाउँपालिकामा अवस्थित स्याल्क्यु खोलामा आयोजना निर्माण गर्न लागेको हो । यो जलविद्युत् आयोजानो सम्भाव्यता अध्ययन भइसकेको छ ।  भने प्रारम्भिक वातावरणीय परीक्षण समेत पूरा भएको छ ।

यस आयोजनाको विद्युत् गृह बाहके सम्पूर्ण संरचनाहरु चामे गाउँपालिका-१ मा निर्माण हुनेछ । विद्युत गृह नासोँ गाउँपालिका-९ मा डानक्यु खोला र मर्स्याङदी नदीको बायाँ किनारमा पर्छ ।

यो आयोजनाबाट उत्पादन हुने बिजुली ५ किमी प्रसारणलाइन निर्मांण गरेर नेपाल विद्युत् प्राधिकरणको  तानचोक सबस्टेसन मनाङमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।

यो आयोजनाबाट २०८५ जेठ ६ गतेदेखि व्यवसायिक उत्पादनको लक्ष्य छ ।


क्लिकमान्डु