विद्युत नियमन आयोगको अध्यक्षसहित ३ सदस्य पदमा आवेदन खुल्यो



काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष र तीन सदस्य पदका लागि दरखास्त आह्‍वान गरेको छ ।

मन्त्रालयले सार्वजनिक सूचना निकालेर योग्यता पुग्ने नेपाली नागरिकलाई १५ दिनभित्र (२०८१ जेठ ९गते कार्यालय समयभित्र) आवश्यक कागजात र विवरणसहित आवेदन पेस गर्न आग्रह गरेको छ । सदस्य पदमा ३ मध्ये कम्तीमा एक महिला हुनुपर्नेछ । आवेदन दिने इच्छुकले रणनीति तथा कार्ययोजना ३ प्रति छुट्टै खाममा सिलबन्दी गरी पेस गर्नुपर्नेछ ।

आयोगका अध्यक्ष दिल्ली बहादुर सिंह, महिला सदस्य भागीरथी ज्ञवाली बैशाख २२ गतेदेखि अवकास भएका छन । ५ सदस्यीय आयोगमा गौतम डंगोल बाहेक बहालवाला सदस्य छैनन् । आयोग नै खाली रहेकाले काम कारबाही नै प्रभावित भएको छ ।

विद्युत नियमन आयोगले जिम्मेवारी अनुसारको काम गर्न नसकेको भन्दै आलोचना हुदै आएको छ । विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) मा सहमति  दिने बाहेकको काम गर्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले पीपीएका लागि मागेको अन्तिम सहमति दिने बाहेकको काम गर्न सकेको छैन ।

ह्‍विलिङ चार्ज सम्बन्धी व्यवस्था नगरिदिदाँ राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड समस्यामा पर्दै आएको छ । यो विषयमा आयोगले कुनै छलफल नै गरेको छैन ।


क्लिकमान्डु