म उपचार गर्न भारत जाँदा गलत प्रचार गरियो: केबी उप्रेती



काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीमा अहिलेको समस्या आउनुको कारण आन्तरिक लेखा परीक्षण बलियो नभएका कारण, स्वनियमन प्रणाली बलियो नहुनु प्नमुख भएको बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा यसलाई मध्येनजर लगाएर अघी बढ्नु पर्ने लेखा सुपरीवेक्षण समितिलाई उनको सुझाव छ ।

उनले आफू बिरामी भएर उपचारका लागि भारत गएको जानकारी गराए । उपचारका लागि भारतमा गएको समयमा भागेको भनेर केहीले गलत प्रचार गरेको गुनासो गरे ।

‘म उपचार सकेर नेपाल आएँ । हिजोदेखि मात्रै बाहिर निस्कन लागेको छु’ उनले भने ‘कतिपय सन्चार माध्यमले के के लेख्छन, त्यसको पछि लागेर पनि हुँदैन ।’

उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र सहकारीको समस्या समाधानका लागि काम गरिरहने जानकारी गराए । उप्रेतिले आफूमाथि राजनीति भएको समेत दाबी गरे । कतिपय अवस्थामा पार्टी भित्र गुट हुने र एउटा गुटले अर्को गुटलाई सिध्यान लाग्दा सहकारी अभियानमा समेत समस्या देखिएको उनको दाबी छ ।

कार्यक्रममा उप्रेतिले अहिले सहकारीमा ब्यापक नकारात्मक बिषय बढी चर्चामा आएको बताए । ‘अहिले सहकारीमा भाग्यो, खायो, ठगी गर्यो भन्ने आएको छ’ उनले भने ‘यसले डिपोजिट ठप्प हुने भयो । डिपोजिटवाला आफू ठगिने भयो भनेर डर बढेको छ ।’

सहकारीमा समस्या आएपछि कतिपय ऋणीले अब सहकारी बन्द हुन्छ कर्जा तिर्नुपर्दैन होला भन्ने तर्फ पनि रहेको उल्लेख गरे । सहकारीको समस्या समाधान गर्न सरकारबाट सकारात्मक धारणा आवश्यक रहेको बताए ।


क्लिकमान्डु