श्रीशुभ सहकारीका कर्मचारीलाई हतियार देखाएर ८० लाख लुटपाट



धनुषा । हतियार देखाएर धनुषामामा ८० लाख रुपैयाँ लुटपाट भएको छ ।

सोमबार श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले पेस्तोल देखाएर लुटेका हुन् ।

मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको महतोले बताएको प्रहरीले जनाएको छ । महतोले झोलामा उक्त रकम राखेका थिए ।

पैसा लुटिएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु