अर्थतन्त्रको आकार ५७ खर्बको, आर्थिक बृद्धिमा निर्माण र उद्योगको योगदान ऋणात्मक




काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँको हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक तथ्यांक अनुसार अर्थतन्त्रको आकार गत आर्थिक वर्ष २०७९/८० को तुलनामा करिब ४ खर्ब रुपैयाँले बढ्ने अनुमान गरिएको हो ।

गत वर्ष नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रुपैयाँको भएको अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । अघिल्लो वर्ष २०७८÷७९ मा भने अर्थतन्त्रको आकार ४९ खर्ब रुपैयाँको मात्रै थियो ।

प्रचलित खरिद मूल्यमा अर्थतन्त्रको आकार भने ८७ खर्ब रुपैयाँको हुने अनुमान पनि केन्द्रीय तथ्यांक कार्यालयको छ । चालु आर्थिक वर्षमा औद्योगिक वर्गीकरण अनुसार जीडीमा योगादान दिनेमा सबैभन्दा बढी कृषि, वन तथा मत्यस उद्योगको योगदान २४ प्रतिशत छ भने सबैभन्दा कम पानी आपूर्तिको ०.४४ प्रतिशत रहेको छ ।

नेपालको आर्थिक बृद्धिदर चालू आर्थिक वर्षमा ३.८७ प्रतिशत हुने अनुमान हुँदा उद्योग र निर्माण क्षेत्रको कुल मूल्य अभिबृद्धि वृद्धिदरमा भने ऋणात्मक हुने अनुमान भएको छ ।

गत आर्थिक वर्षमा १.९८ प्रतिशतको ऋणात्मक योगदान रहेको उद्योग क्षेत्रको यो वर्ष पनि १.६१ प्रतिशत नै ऋणात्मक कुल मूल्य अभिवृद्धि बृद्धिदर हुने भएको छ भने निर्माण क्षेत्रकोप नि २.०७ प्रतिशत ऋणात्मक हुने छ । गत वर्ष निर्माण क्षेत्रको यस्तो योगदान १.१० प्रतिशन ऋणात्मक थियो ।


क्लिकमान्डु