आईएमएफले घटायो नेपालको आर्थिक वृद्धिको अनुमान, २०२४ मा नेपालको अर्थतन्त्र ३.१% ले बढ्ने



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिको लक्ष्य १.९ प्रतिशतले घटाएको छ ।

मंगलबार एसिया प्रशान्त क्षेत्रका देशको इकनोमिक आउटलुक सार्वजनिक गर्दै कोषले सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ३.१ प्रतिशत हुने अनुमान गरेको हो ।

गत असोजमा कोषले सार्वजनिक गरेको इकनोमिक आउटलुकमा सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ५ प्रतिशत हुने उल्लेख थियो ।

म‌ंगलबार श्रींगापुरमा सार्वजनिक गरिएको आउटलुकमा सन् २०२५ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने अनुमान गरिएको छ । जुन गत असोजमा सार्वजनिक गरिएको अनुमान बराबर नै हो ।

कोषले सन् २०२४ मा एसियाली देशको अर्थिक वृद्धि ४.५ प्रतिशतले हुने अनुमान गरेको छ ।

सन् २०२४ मा एसिया प्रशान्त समुहका उन्नत अर्थतन्त्र भएको देशको आर्थिक वृद्धि १.६ प्रतिशत हुँदा उदयीमान तथा विकासोन्मुख अर्थतन्त्रको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने कोषको अनुमान छ ।

कोषले एसिया प्रशान्त समुह मध्ये भारतको आर्थिक वृद्धि सबै भन्दा बढी हुने अनुमान गरेको छ । सन् २०२४ मा भारतको आर्थिक वृद्धि ६.८ प्रतिशतले हुने कोषले अनुमान गरेको छ । जुन गत असोजमा गरिएको अनुमान भन्दा ०.५ प्रतिशत बढी हो ।

सन् २०२३ मा भारतको आर्थिक वृद्धि ७.८ प्रतिशत थियो । संसारको दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक वृद्धि सन् २०२४ मा ४.१ प्रतिशत हुने कोषले अनुमान गरेको छ । चीनको आर्थिक वृद्धि पनी असोजमा अनुमान गरिए भन्दा ०.४ प्रतिशत बढी हुने कोषको अनुमान छ । सन् २०२३ मा चीनको आर्थिक वृद्धि ५.२ प्रतिशत थियो ।

यो वर्ष जापनको आर्थिक वृद्धि ०.९ प्रतिशतमा सीमित हुँदा कोरियाको २.३ प्रतिशत, अष्ट्रेलियाको १.५ प्रतिशत, न्युजिल्याण्डको १ प्रतिशत श्रीगापुरको २.१ प्रतिशत हुने कोषको अनुमान छ ।

दक्षिण एसियाली देशमा भारतपछी बंगलादेशको आर्थिक वृद्धि सबै भन्दा धेरै ५.७ प्रतिशत हुने कोषले जनाएको छ । जुन कोषले गत असोजमा गरेको अनुमान भन्दा ०.३ प्रतिशत कम हो ।


क्लिकमान्डु