अब अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृत हुने



काठमाडौं । सरकारले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत कुल पूँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायसम्बन्धी आवेदन र स्वीकृत विद्युतीय स्वचालित प्रणालीमार्फत गर्ने प्रक्रिया सुरु गरेको छ ।

यसै प्रक्रियामार्फत कम्पनीसमेत दर्ता गर्न पाइने सुविधा उपलब्ध गराइएको छ । तेस्रो लगानी सम्मेलनलाई ध्यानमा राखेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो सुविधा उपलब्ध गराएको हो ।

स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृतिसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले ऐन तथा नियमावली अनुसार विदेशी लगानीको स्वीकृतिको लािग आवश्यक पर्ने विवरण र कागजात विद्युतीय प्रणालीमार्फत गर्न सकिने सुविधा उपलब्ध गराइएको हो ।

यो प्रणालीमार्फत लगानी सम्मेलनमा ९ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी सूचीकृत भएको छ ।


क्लिकमान्डु