पहिलो मोडल एसयुभी-७ हिट भएपछि थप दुईवटा मोडल ल्याउँदै स्मार्ट फोनको जायन्ट साओमी



काठमाडौं । पहिलो मोडल एसयुभी-७ हिट ‍भएपटि स्मार्ट फोनको जायन्ट कम्पनी साओमीले थप दुई मोडलका कारहरु ल्याउने भएको छ ।

चिनियाँ सञ्चारमाध्यमहरुको रिपोर्ट अनुसार साओमीले २०२५ भित्र दोस्रो मोडल सार्वजनिक गर्नेछ । यो मोडल सार्वजनिक भएपछि साओमी ईभीको मेन स्ट्रिम बजारमा उपस्थिति देखिने कम्पनिको दाबी छ । एसयुभी-७ आधुनिक विद्युतीय कार (ईभी) हो ।

कम्पनीका अनुसार  एसयुभी-७ सेडानले बजारबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । पहिलो मोडलमा देखिएका केहि समस्याहरु समेत कम्पनीले समाधान गरिसकेको दाबी गरेको छ । अहिले चिनियाँ आन्तरिक बजारमा मात्रै बिक्री भइरहेका छन् ।

कम्पनीले ल्याउन लागेको दोस्रो मोडल अल इलेक्ट्रिक हुनेछ । पहिलो र दोस्रो मोडलभन्दा तेस्रो मोडल सस्तो हुनेछ । ठूलो संख्यामा उत्पादन गर्ने र बेच्ने कम्पनीको लक्ष्य छ । जसको मूल्य १,५०,००० युआन (२०,७००अमेरिकी डलर) हुने कम्पनीका अधिकारीहरुको भनाई छ । धैरेले  अफोर्ड गर्न सकुन भनेर कम्पनीले सस्तो कर ल्याउन लागेको हो । तीन वर्षभित्र कम्पनीका तीनवटै मोडल बजारमा आइसक्नेछन् ।

साओमीले मार्च २८ मा एसयुभी-७ लन्च गरेको थियो । स्ट्याण्डर्ड,  प्रो र म्याक्स गरी तीनवटा भर्सनमा गाडीहरु लन्च गरेको हो । जसको मूल्य क्रमश २,१५,९०० आरएमबी,२४,५,९०० आरएमबी र २,९९,९०० आरएमबी रहेका छन । साओमीले २०२४ भित्रै १ लाख युनिट कार डेलिभरी गरिसक्ने लक्ष्य बनाएको छ । लन्च भएको २४ घण्टाभित्रै कम्पनीले १ लाख युनिटको अर्डर प्राप्त गरेको थियो ।

बेइजिङ अटो शो-२०२४ मा साओमीको गाडी हेर्नेहरुको लाइन लागेको चिनियाँ सञ्चारमाध्यमहरुको रिपोर्ट छ । घण्टौसम्म लाइन बसेर मानिसहरुले गाडी हेरेका थिए । बेइजिङ अटो सो को ओपनिङ भएको दिन साओमीले पत्रकार सम्मेलन  गरेको थियो । जसमा सबैभन्दा बढी भीडभाड थियो । साओमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेई जुनले पहिलो मोडल हिट भएकाले अरु दुई मोडल पनि हिट हुने बताए ।

साओमीले विद्युतीय कारमा ठूलो लगानी गरेको छ । साओमीका सीईओ लेइलेको संसारका ५ अटोमेकरभित्र पर्ने सपना छ । तर आगामी तीन वर्ष कम्पनीले चीनको आन्तरिक बजारलाई नै फोकस गरेर उत्पादन गर्नेछ ।

साओमीले १०० भन्दा बढी मुलुकमा व्यापार  गरिसकेको छ । मोबाइ फोन र यसका पार्टसहरुको व्यापारमा साओमीको छुट्टै पहिचान छ। जसले संसारभर कार बेच्नका लागि समेत सहज हुने सीईओ लेइको विश्वास छ ।


क्लिकमान्डु