शाख: ग्रुपले हङकङको बोअर ग्रुपसँग २ अर्ब लगानीमा कपिलवस्तुमा सुविधा सम्पन्न होटल बनाउने



काठमाडौं । शाखः ग्रुप र हङकङको बोअर ग्रुपबीच कपिलवस्तुमा वेलनेस होटल परियोजना सञ्चालन गर्ने सम्झौता भएको छ ।

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा दुई पक्षबीच १० करोड चिनियाँ युआन (करिब २ अर्ब नेपाली रुपैयाँ) बराबरको लगानी सम्झौता भएको हो।

शाखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी सम्झौता रकम जग्गाबाहेकको हो । होटल कपिलवस्तुको गोरूसिंगेमा स्थापना हुनेछ ।

अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्याकारी अधिकृत सुशील भट्टको उपस्थितमा सम्झौता आदान प्रदान भएको थियो ।


क्लिकमान्डु