चीनको कान्च प्रिफेक्चर र नेपालका निजी क्षेत्रका प्रतिनिधिबीच व्यापार बिस्तारबारे छलफल



चीनको कान्च प्रिफेक्चरका सरकारी प्रतिनिधि र नेपालका निजी क्षेत्रका प्रतिनिधिहरुबीच दुई देशको संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावनाका बारेमा छलफल भएको छ ।

आइतबार काठमाडौंमा दुई पक्षका प्रतिनिधिहरुको बीचमा भएको भेटमा नेपाल र कान्च प्रिफेक्चर क्षेत्रका संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावनाका बारेमा छलफल भएको हो । भेटका क्रममा व्यापार, संस्कृति, पर्यटन सम्बन्धी आदानप्रदानका बारेमा छलफल भएको छ ।

दुई देशको बीचमा व्यापार, संस्कृति, पर्यटन सम्बन्धी सम्भावनाका बारेमा छलफल भएको हो । भेटमा नेपाल आयुर्वेदिक औषधि उत्पादक संघका अध्यक्ष सुमन पाण्डे, चिया तथा कफी विकास बोर्डका प्रमुख डा. दीपक खनाल लगायतको उपस्थिति थियो । कार्यक्रममा आयुर्वेदिक औषधिको बारेमा चर्चा हुनुका साथै नेपालको कफी र चियाको बारेमा व्यापार गर्न सहज गर्ने, बजार बिस्तारीकरण गर्ने बारेमा पनि छलफल भएको छ ।

साथै नेपालमा उत्पादित अन्य वस्तु तथा सामग्रीहरुको चिनियाँ बजारमा बिस्तारका लागि सहयोग गर्न आग्रह गरिएकोे छ । नेपालको हिमाली क्षेत्र र कान्चको हिमाली क्षेत्रको सम्भावनाबारेमा छलफल भएको छ ।

फोटोबाट पनि कतिपय कुराको जानकारी हुने भएकाले ४० वटा फोटो राखिएको छ । कान्च प्रिफेक्चर पोखरा महानगरपालिकासँग पहिलो भगिनी सम्बन्ध गाँस्ने शहर पनि हो ।


क्लिकमान्डु