नेपाल उद्योग वाणिज्य महासंघ र मलेसिया चेम्बरबीच व्यापार तथा लगानी प्रवर्द्धन समझदारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसिया (एनआईसीसी) बीच द्धिपक्षीय सम्झौता (एमओयु)भएको छ । व्यापार र लगानी प्रवर्द्धनका लागि एमओयु भएको हो ।

एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र एनसीसीआईका अध्यक्ष दातो सो दियान लाइले एमओयुमा हस्ताक्षर गरेका छन्।

आइतबारदेखि राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सुरु भएको छ । ५५ भन्दा बढी देशका प्रतिनिधीहरु सहभागी छन् ।


क्लिकमान्डु