आज राष्ट्र बैंकको ६९ औं स्थापना दिवस



काठमाडौं । नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सव मनाउँदै छ ।

२०१३ साल वैशाख १४ गते राष्ट्र बैंकको स्थापाना भएको दिनलाई केन्द्रीय बैंकले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

राष्ट्र बैंकले ६८ औं वार्षिकोत्सवको अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको ‘आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुयाउन सदा समर्पित रहने प्रतिबद्धता गभर्नर महाप्रसाद अधिकारीले व्यक्त गरेका छन् । वार्षिकोत्सव राष्ट्र बैंकले विभिन्न कार्यक्रम गरि मनाउँदै छ ।


क्लिकमान्डु