भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकता नदिँदा विश्वमा गलत सन्देश जान्छः पूर्वअर्थमन्त्री खतिवडा



काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभुत तत्वहरुलाई पहिलो प्राथमिकतामा राखेर १६ औं पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिएका छन् ।

बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले यस्तो बताए । उनले भ्रष्टाचार न्यूनिकरणलाई पहिलो प्राथमिकतामा नदिँदा विश्वमा गलत सन्देश जाने भन्दै सुशासनका कुराहरुलाई जोड दिन र आर्थिक समृद्धिका कुरामा बढी आवश्यक रहेको बताए ।

उनले निरन्तर ५ प्रतिशत भन्दा माथि १० वर्ष हाँसिल गर्ने हो भने गरिबी १० प्रतिशत घट्ने दाबी गरे । कम लगानीबाट बढी प्रतिफल लिने बाटोमा जानेकुरामा ध्यान दिन आवश्यक रहेको पनि बताए । उनले संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्नेकुरा योजनामा समावेश गर्न केले रोकेको हो ? भन्दै प्रश्न गरे । उनले सबैको एजेण्डालाई समावेश नगर्दा बजेटमा पहिलो चरणमा बिरोध गर्नुपर्ने स्थिति सिर्जना हुने बताए ।

उनले समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा भएको पनि बताए । उनले बजेटमा समाजवाद उन्मुख राज्य प्रणाली भनेर लेख्ने तर पञ्चवर्षीय योजनामा चर्चा नै नगर्ने हो भने पहिलो चरणमा नै योजना भन्दा फरक बजेट बन्ने बताए । उनले संविधानले आत्मसाथ गरेका विषयहरु, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरुलाई राम्रो र खुलेर समावेश गरेर जानुपर्ने बताए ।

पूर्वअर्थमन्त्री डा. खतिवडाले देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको उनले बताए ।


क्लिकमान्डु