सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १६ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु