विद्युतीय सवारी साधनको र्‍यालीसहित सुरु भयो हिमालय हाइड्रो एक्सपो



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को आयोजनामा हिमालय हाइड्रो एक्सपो सुरु भएको छ ।

उदघाट्नको अवसर आज बिहान विद्युतीय सवारी साधनको र्‍यालीसहित एक्सपोको सुरु भएको हो । इभि र्‍यालीक फ्ल्याग डाउन ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए । मन्त्री आफैं मन्त्रालयको इभि गाडीमा र्‍यालीमा सहभागी भएका थिए ।


र्‍‍यालीले स्काइवाक कमलादीबाट सुरु भएर बानेश्वर , तिनकुने , कोटेश्वर , ग्वार्को , थापाथली , सुन्धारा , लैनचौर हुँदै भृकुटी मण्डपसम्मको २६ किमि बाटो पूरा गरेको थियो । र्‍‍यालीमा विद्दुतिय गाडि, स्कुटर, बाइकहरु पनि सहभागी थिए ।


क्लिकमान्डु