एमालेको कार्यक्रममा रिसाए देउवा: मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने अनि मलाई गाली गर्ने?



काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक पटक नेकपा एमाले सरकारमा सहभागी भए पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको बताएका छन् ।

कांग्रेसले अनुसन्धान नगरेको भनेर गाली गरे पनि सरकारमा हुँदा एमालेले अनुसन्धान गर्न नसकेको बताए ।

कम्युनिष्ट पार्टीको हिरक जयन्तीको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा सोमबार सहभागी भएका देउवाले कांग्रेसलाई गाली गरेको भन्दै त्यसबारे जवाफ दिएका हुन् ।

‘म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर कांग्रेसलाई कांग्रेसलाई गाली गर्न सम्मगर्नुभयो । अब मैले जवाफ दिन परिहाल्यो,’ पूर्वराष्ट्रपति विद्या भण्डारीसहित दलका शीर्ष नेता सहभागी कार्यक्रममा देउवाले भने,’मलाई गाली गरेको गर्‍यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन ?’

उनले कांग्रेसलाई गाली गर्न सजिलो भए पनि एमालेबाट दुईपटक राष्ट्रपति र पटक पटक प्रधानमन्त्री बने पनि हत्यारा खोजी नभएको बताए ।
‘मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस् । मदन भण्डारीको ड्राइभर पनि मारियो । मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ? कांग्रेसको विरोध गर्न सजिलो छ, तर मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन सक्नुभएन ? दुईपल्ट राष्ट्रपति बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो पत्ता लगाउनुपर्‍यो तपाईंहरुले’ दउवाले भने ।


क्लिकमान्डु