सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला १ ख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै सोमबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर १७ सय ५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु