एमाले अध्यक्ष केपी ओली अस्वस्थ्य, अहिले कस्तो छ स्वास्थ्य अवस्था ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएकोले घरमा आराम गरिरेका छन् ।

अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेको प्रमुख गौतमले जानकारी दिए ।


क्लिकमान्डु