डीडीसीले महाप्रवन्धकका लागि खुलायो आवेदन



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रिक्त रहेको दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रवन्धकमा योग्य उम्मेदबार नियुक्त गर्न आवेदन खुलाएको छ ।

महाप्रवन्धक सञ्जिवकुमार झाको दुई वर्षे कार्यकाल चैत १३ गते सकिएपछि रिक्त भएको पदमा मन्त्रालयले नियुक्त गर्न उम्मेदबार माग गरेको हो ।

सूचना प्रकाशित भएको २१ दिनभित्रमा आवेदन दिन मन्त्रालयले सूचना प्रकाशित गरेको छ । मन्त्रालयसम्बद्ध सार्वजनिक निकायको पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७६ अनुसार संस्था वा निकायमा अधिकृतस्तर वा व्यवस्थापकको हैसियतले कम्तिमा १० बर्षको अनुभव हासिल गरेको योग्य उम्मेदबारलाई आवेदन दिन मन्त्रालयले शर्त राखेको छ ।


क्लिकमान्डु