लगानी सम्मेलनमा जलविद्युतको बाहुल्यता, निजी क्षेत्रका ३१ आयोजनामध्ये २० वटा हाइड्रोपावरका मात्रै



काठमाडौं । यही वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनका लागि निजी क्षेत्रका ३१ वटा आयोजना सोकेशमा राखिने भएका छन् । निजी क्षेत्रले लगानी खोजेका यी आयोजनामध्ये २० वटा जलविद्युतका मात्रै छन् ।

लगानी बोर्डले सार्वजनिक गरेको आयोजनामध्ये अपर मर्याङ्दी १, अप्सुवाखोला १, माकालीसेती कास्केड पिकिङ, सेती नदि पिकिङ, मिडल कालिगण्डकी, अप्पर सानिभेरी हाइड्रोपावर लगानी बोर्डका लागि सोकेशमा छन् ।

मुगु कर्नाणी, पेल्माखोला, धनाखोला, माथिल्लो बूढीगण्डकी, ल्याड्रुक मोदी, बलफिखोला, चुवा खोला, नारखोला, अपर चुवा लुरुप्या खोला, अपर अप्सुवा, अपरभेरी र सुक्रे दुधकोशी हाइड्रोपावर प्रोजेक्टले पनि लगानी खोजेके भन्दै लगानी बोर्डले लगानी सम्मेलनको सोकेशमा छन ।


क्लिकमान्डु