पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले खेले फिल्म, कोटेश्वरमा सुटिङ



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले फिल्ममा अभिनय गरेका छन् । उनीसँगै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पनि फिल्ममा अभिनय गरेका छन् ।

नायक रमित ढुङ्गानाबाट निर्मित चलचित्र नमेटिने घाउमा पूर्वप्रधानमन्त्री नेपाल र सांसद शाहीले अभिनय गरेका हुन् । मंगलबार कोटेश्वर बहुमुखि क्याम्पसमा भएको सुटिङमा नेपाल र शाहीले अभिनय गरेका हुन् ।

एसिड आक्रमणको विषयमा बनाइएको फिल्ममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय रहेको छ ।

तस्बिरहरु/ नेपाल फोटो लाइब्रेरी


क्लिकमान्डु