रास्वपाकै मन्त्रीले सहकारीमा आफ्नै २३ लाख ठगी भयो भन्दा पनि गृहमन्त्रीको ध्यान गएन: कांग्रेस

पैसा उठाउनेलाई २/३ लाख दिन्छु भनेर मन्त्रीले भन्न मिल्छ ?



काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीले सहकारीले आफ्नै पैसा ठगेको सार्वजनिक रुपमा बताइरहँदा गृहमन्त्रीको ध्यान नगएको आरोप लगाएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले आफ्नै पार्टीका मन्त्रीले सहकारीको २३ लाख ठगी भयो भनेर भने पनि गृहमन्त्री रवि लामिछानेको ध्यान नगएको टिप्पणी गरे ।

रास्वपा उपसभापतिसमेत रहेका श्रम मन्त्री डिपी अर्यालले केही दिनअघि एक कार्यक्रममा सहकारीमा आफ्नो २३ लाख डुबेको र उठाइदिनेलाई पैसा दिने अभिव्यक्ति दिएका थिए ।

‘एउटा पार्टीका एक जना मन्त्रीले मेरो त २३ लाख ठगी भयो सहकारीमा भन्नु भएछ,’ प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद खतिवडाले भने, ‘गृहमन्त्रीलाई आफ्नै मन्त्रीले ठगी भयो भनेर भन्दा पनि गृहमन्त्रीको ध्यान गएको छैन कसले छानबिन गर्ने हो त । संसदीय छानबिन समिति गठन नगरे ?’

उनले मन्त्रीले नै पैसा उठाउनेलाई २/३ दिन्छु भनेको भन्दै त्यसको जवाफ संसदमा दिनुपर्ने बताए ।
‘मेरो पैसा उठाइदिए २/ ३ लाख दिन्छु भन्नु भएछ यो कस्तो पारंटी र सरकार रहेछ पैसा उठाउँदा पैसा दिनुपर्ने मन्त्रीले कस्तो कुरा गरेको हामी जवाफ चाहन्छौ,’ उनले भने ।


क्लिकमान्डु