नेपालमै पहिलो पटक मोबाइल ईभी चार्जिङ स्टेसन सञ्चालनमा



काठमाडौं । नेपालमै पहिलोपटक मोबाइल विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा आएको छ ।

युइएसएडको ऊर्जा नेपालको सहयोगमा यात्री इनर्जी र इ स्टोपले चार्जिङ स्टेसन निर्माण गरेका हुन । यो ३० किलोवाटको चार्जिङ स्टेसन आवश्यकता अनुसार विभिन्न स्थानमा लगेर सवारीसाधन चार्ज गर्न मिल्छ । कतै सवारीसाधन चार्ज सकिएर अलपत्र परेर चार्ज गर्न चार्जिङ स्टेसन नै लैजान सकिनेछ ।

 नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप देव, युएसएड मिसनका कार्यवाहक निर्देशक करा वेल्चले सयुक्त रुपमा उद्घाटन गरेका छन् ।

वेल्चले यी चार्जिङ स्टेसन नेपाल र नेपालीहरुको भविष्यमा लागि भएको बताइन् । विद्युतीय सवारीसाधनको प्रवर्द्धनले पेट्रोलियम पदार्थको आयात घटेर व्यापार घाटा घटाउन सहयोगी हुनेछ ।

नेपाल सरकारको विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने कार्यक्रमलाई सहयोग गर्ने हेतुले युएसएडले अनुदान दिएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले धेरैभन्दा धेरै चार्जिङ स्टेसनहरु निर्माण गर्न लक्ष्यमा सहयोग पुगेको बताए ।


क्लिकमान्डु