टेल्जीको इलेक्ट्रिक स्कुटरमा १ लाख किमीको वारेण्टी, लाइफटाइम सर्भिसिङ नि:शुल्क



काठमाडौं । योम माई मोटर्सले नेपालमा नै पहिलो पटक विद्युतीय स्कुटरमा १ लाख किलोमिटर वारेन्टि दिने घोषणा गरेको छ । कम्पनीले टेल्जी स्कुटरमा ग्राहकले १ लाख किलोमिटरसम्म वारेण्टी दिने घोषणा गरेको हो ।

यो कम्पनीले विगत ५ वर्षदेखि नेपाली बजारमा दुईपाँङग्रे इलेक्ट्रिक सवारीसाधन बिक्री गर्दै आएको छ । कम्पनीका निर्देशक संजिव शिल्पकारले नेपालमा नै पहिलो पटक दुईपाँग्रेमा १ लाख किलोमिटर वारेन्टी प्रदान गर्न लागेको दाबी गरे ‘हाम्रो स्कुटरमा प्रयोग भएको लिथियम आइरन फोस्फेट ब्याट्रीलाई लामो समयसम्म परिक्षण गरेर हामीले १ लाख किलोमिटर वारेण्टी दिने भएका हौं,’ उनले भने,’अब हाम्रा ग्राहकले ढुक्क भएर स्कुटर किन्न र चलाउन सक्नेछन् ।’

कम्पनीका अनुसार ५ वर्ष वा १ लाख किलोमिटर जुन पहिला हुन्छ त्यसमा वारेण्टी लागू हुने छ। यस्तो वारेण्टीले ग्राहक वर्गमा रहेको ब्याट्री फेर्दा धेरै खर्च लाग्छ भन्ने भ्रम चिर्ने कम्पनीको विश्वास छ ।

सामान्यतया एक स्कुटरको आयू नै एकलाख किलोमिटर हुने कम्पनीको दाबी छ ।  ‘हामीले किफायती मूल्यमा स्कुटर उपलब्ध मात्र नगराएर हाम्रा ग्राहकहरु सन्तुष्ट हुनेगरि सर्भिसको काम गर्दै आएका छौ । यसमा पनि हामीले अब १ लाख किलोमिटर वा ५ वर्ष जुन पहिला पुग्छ त्यसको आधारमा ब्याट्रीमा वारेण्टी दिन लागेको हौं,’ उनले भने ,’ यसले ग्राहकलाई निकै फाइदा पुग्नेछ ।’

कम्पनीले अपडेट सहित ल्याएको टेल्जी लायन स्कुटरमा फ्रन्ट भाइजर, हिल होल्ड असिष्ट, वाइडर टायर, स्मुथ एशिलरेशन, ब्राइटर (म्याट्रिक्स) हेडल्याम्प, नयाँ टेलिस्कोपिक सस्पेन्सन, नयाँ रिमोट की लगायत फिचर रहेको छ ।

टेल्जी लायनमा ४ किलोवाट पावरको मोटर र ३.३३ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक रहेको छ । यसलाइ एकपटक फुल चार्ज गरेर १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । यो स्कुटरलाई घरमा ३ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

टेल्जी लायन नयाँ भर्सनमा ब्लुटूथ कनेक्टिभिटी, स्टेरियो स्पीकर जस्ता फिचर दिइएको छ । यसका अलावा की-लेस स्टार्ट, डिस्क ब्रेक, एलईडी डिस्प्ले, एलईडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस लगायतका महत्वपूर्ण फिचरहरू समावेश छन् ।

टेल्जी ब्रान्ड चीनमा तीन भित्र पर्ने ब्रान्ड हो । यी स्कुटरको मल्य ३ लाख ३३ हजार रुपैयाँ रहेको छ । नयाँ वर्षको अवसरमा १८००० रुपैयाँ क्यास ब्याकको अफर रहेको कम्पनीले जनाएको छ । ‘बजारमा दुईपाङग्रे सवारीसाधन ल्याउने  र हराउने प्रवृत्ति छ । जसले ग्राहकहरुमा अविश्वास बढेको छ, ‘ शिल्पकारले भने, ‘उहाँहरुले कम्पनी बुझेर मात्रै खरिद गर्नुपर्छ । सबै हिसाबले टेल्जी भरपर्दो छ ।’


क्लिकमान्डु