पर्यटन बोर्डले माग्यो सीईओका लागि आवेदन



काठमाडौं । नेपाल पर्यटन बोर्डले लामोपछि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन माग गरेको छ ।

नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना जारी गर्दै गर्दै योग्य उम्मेदबारबाट आवेदन मागेको हो ।

पूर्व सीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोर्ड नेतृत्वविहीन थियो । सीईओ पदको कार्यकाल चार वर्षको हुन्छ ।

इच्छुक उम्मेदबारीलाई १२ दिनभित्र आवेदन दिन समय उपलब्ध गराइएको छ ।

सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ । सीईओ पदका लागि दरखास्त दिनका लागि इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ । विदेशको स्थायी बसोबास (पीआर) भएकाले दरखास्त दिन नपाउने सूचनामा छ ।

यस पदका लागि स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ भने ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु