सावमी ब्राण्डको मोबाइल बेच्ने वत्सल इम्पेक्सको व्यापार ३७ प्रतिशतले घट्यो



काठमाडौं । सावमी ब्राण्डको मोबाइल बेच्ने वत्सल इम्पेक्सकको व्यापार ३७ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ३७ प्रतिशतले घटेको हो ।

सन् २०२२ मा ५ अर्ब ४ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ३ अर्ब १६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२१ मा ५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब १३ करोड रुपैयाँ र सन् २०१९ मा १ अर्ब १६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२३ मा सावमी ब्राण्डको व्यापार ७ प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।

सन् २०१२ मा स्थापना भएको कम्पनी सावमी ब्राण्डको आधिकारिक बिक्रेता हो । कम्पनीले सावमीको सामग्रीसँगै इच्भिच सामग्री, टिकवाच र फिटबिट ब्राण्डको सामग्री बिक्री वितरण गर्दै आएको छ ।

देशभर १४ वटा डिलर र एक सयभन्दा बढी रिटेलर रहेको कम्पनी शारदा ग्रुपद्वारा सञ्चालित कम्पनी हो । ग्रुपले उत्पादन, व्यापार, बैंकिङ र हाउजिङ क्षेत्रमा लगानी गर्दै आएको छ ।

विनितकुमार शारदा अध्यक्ष र नितेशकुमार मुङ्गडा व्यवस्थापन निर्देशक रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु