त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकमा जगन्नाथ निरौला, तिवारीलाई भैरहवा



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकको जिम्मेवारी प्राधिकरणकै उपमहानिर्देशक जगन्नाथ निरौलालाई दिएको छ ।

बुधबार प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयबाट निरौलालाई महाप्रवन्धकको जिम्मेवारी दिइएको छ ।

हाल विमानस्थलको महाप्रन्धकमा प्रतापबाबु तिवारी थिए । तिवारीलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी दिइएको छ ।

भैरहवाका महाप्रवन्धक हंशराज पाण्डेलाई प्रधानकार्यालयमा ल्याएको छ । यस्तै, पोखरा विमानस्थको महाप्रबन्धक देवचन्द्रलाल कर्णलाई पनि काठमाडौं ल्याएर उनको ठाउँमा नवीना कर्माचार्यलाई जिम्मेवारी दिएको प्राधिकरणले बताएको छ ।


क्लिकमान्डु