सुनको मूल्य अहिलेसम्मकै धेरै, तोलामै १८ सय बढ्दा कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्यको रेकर्ड ब्रेक गर्दै इतिहास कायम गरेको हो । सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार पुगेको छ ।

सोमबार मात्रै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँ कायम भई रेकर्ड कायम भएको थियो । तर मंगलबार ४ सय रुपैयाँले घटेर १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

बुधबार भने सुनको मूल्य प्रतितोला नै १८ सय रुपैयाँले बढेर १ लाख ३३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बुधबार तेजावी सुनको मूल्य १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर १६ सय १० रुपैयाँ कामय भएको छ । उक्त चाँदीको मूल्य हालसम्मकै उच्च हो ।


क्लिकमान्डु