एनटीसीले लागू गर्‍यो आलाकार्ट मूल्य, मनपर्ने टिभी च्यानलको मात्रै पैसा तिरेर हेर्न पाइने



काठमाडौं । नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी आलाकार्टा प्रणाली लागू गरेको छ ।

सो अनुरुप ग्राहकले बेसिक प्याकेज वा प्रिमियममा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरु खरिद गर्न सकिने व्यबस्था गरेको जनाएको छ ।

बेसिक प्याकेज लिएका ग्राहकहरुले हालका लागि आफ्नो आवश्यकता अनुरुप यी बुके प्याकेजहरु खरिद गर्न सक्ने टेलिकमले जनाएको छ ।

सुरुको ३ महिनाभित्र सम्पूर्ण प्रिमियम प्याकेजसहितको वार्षिक प्याकेज सब्सक्रिब्सन गर्ने ग्राहकहरुका लागि अफरको रुपमा जम्मा ३६० प्रतिमहिनाको दरमा प्रिमियम प्याकेजहरु उपलब्ध हुने टेलिकमले जनाएको छ । सो बमोजिम वार्षिक प्याकेज खरिद गर्दा प्याकेजको ट्यारिफ निम्न अनुसार रहेको छ:

ग्राहकले बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्नका लागि नजिकको नेपाल टेलिकमको काउन्टरमा जानुपर्ने छ भने बेसिक प्याकेज लिएका ग्राहकहरुले थप बुके प्याकेज खरिद गर्नका लागि टिभीको मेन्यूमा गएर आफैं खरिद गर्न सक्ने छन् ।

यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट ग्राहकहरुलाई फाइदा पुग्ने विश्वास कम्पनीले लिएको छ ।


क्लिकमान्डु