साढे १८ लाखसहित बसका सहचालक पक्राउ



काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १८ लाख ५० हजार रूपैयाँ स्रोत नखुलेको नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देही तिलोत्तमा नगरपालिका-११ का २३ वर्षीय रिसब श्रेष्ठलाई प्रहरीले उक्त रकमसहित पक्राउ गरेको हो ।

प्रहरीले लु २ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक श्रेष्ठलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धानका क्रममा उक्त रकम रूपन्देही तिलोत्तमा नगरपालिका-११ का ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पुर्‍याइदिनू भनी श्रेष्ठलाई पठाएको पाइएको छ । प्रहरीले अहिले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको छ । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्लिकमान्डु