मेडिकल व्यवसायी पण्डितसहित ६ जनाविरुद्ध अख्तियारको मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ अनुसार सामग्री खरिदमा सबैभन्दा कम रकम कवोल गर्ने बोलपत्रदातालाई छनोट गर्नुपर्ने व्यवस्था छ । तर, कोभिडको समयमा अत्यावश्यक स्वास्थ्य पूर्वाधार एचडीयूको उपकरण खरिदमा गैरकानूनी लाभ लिने बदनियतले सबैभन्दा बढी रकम कवोल गर्ने बोलपत्रदातालाई छनोट गरेको अख्तियारले जनाएको छ ।

आयोगअनुसार पहिलो हुने फर्मद्वारा कवोल गरिएको रकमको अन्तर २ करोड ८९ लाख ६६ हजार रुपैयाँ रहेको अख्तियारको ठहर छ ।

आयोगले हस्पिटेक इन्टरनेशनलका सञ्चालक विशाल पण्डित, बजार व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध मुद्दा दायर गरेको छ । साथै आयोगले एचडीयू उपकरण खरिद मूल्याङ्कन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहता, बायोमेडिकल इन्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ ।


क्लिकमान्डु