पर्यटन बोर्डमा तीन सदस्य नियुक्त



काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको सदस्यमा तीन जना पर्यटन व्यवसायीलाई नियुक्त गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै बोर्डमा माघ २२ देखि रिक्त रहेको बोर्ड सदस्यले पूर्णता पाएको छ ।

बोर्ड सदस्य नियुक्तिसँगै १६ माघदेखि नै रिक्त रहेको बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया समेत अगाडि बढ्ने भएको छ । यद्यपी बोर्ड सञ्चालक समितिले बोर्डको सीईओ नियुक्त गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको छ


क्लिकमान्डु